व्यवसाय चलाउँदा हरेक payment को जानकारी तुरुन्तै पाउनु जरुरी हुन्छ। तर ग्राहकले QR बाट payment गरेपछि SMS आउन ढिला हुने, कहिलेकाहीँ SMS नै नआउने वा payment भएको छ कि छैन भनेर बारम्बार फोन हेर्नुपर्ने समस्या व्यवसायीहरूले भोगिरहेका हुन्छन्।
यही समस्यालाई समाधान गर्न Khalti ले ल्याएको छ Khalti Sound Box, QR payment प्राप्त हुनासाथ आवाजमार्फत तुरुन्तै payment notification दिने smart device। अब ग्राहकले Khalti QR मा payment गरेपछि “Payment Received” भनेर तुरुन्तै सुन्न सकिन्छ। फोन हातमै राखिरहनु पर्दैन, SMS कुर्नु पर्दैन।
Khalti Sound Box भनेको के हो?
Khalti Sound Box एउटा smart payment notification device हो, जसले तपाईंको QR मा payment प्राप्त हुनासाथ voice notification मार्फत जानकारी दिन्छ।
यसले तपाईंलाई payment receive भएको कुरा तुरुन्तै थाहा दिन्छ, जसले गर्दा पसल, रेस्टुरेन्ट, क्याफे, salon, ticket counter वा अन्य व्यवसायमा payment verification अझ सहज र छिटो हुन्छ।
- किन चाहिन्छ Khalti Sound Box?
- Payment आएलगत्तै Instant Voice Notification
- फोन नजिकै नभए पनि Payment को जानकारी
- बारम्बार फोन Check गर्ने झन्झट सकियो
- Received Amount पनि थाहा पाउनुहोस्
- Wi-Fi र SIM दुवै Support
- ५ भाषामा उपलब्ध
- विभिन्न QR बाट Payment स्वीकार गर्नुहोस्
तपाईंको व्यवसायका लागि अझ स्मार्ट Payment Experience
व्यवसायमा हरेक second महत्त्वपूर्ण हुन्छ। ग्राहकको लाइन लामो हुँदा, peak hours मा धेरै payment आउँदा वा फोनबाट payment verify गर्न समय नहुँदा Sound Box निकै उपयोगी हुन सक्छ।Khalti Sound Box ले payment आएको जानकारी तुरुन्तै आवाजबाट दिने भएकाले तपाईं customer service मा बढी focus गर्न सक्नुहुन्छ।
चाहे तपाईं retail पसल चलाउनुहोस्, restaurant, café, salon, pharmacy, ticket counter वा अन्य कुनै QR payment स्वीकार गर्ने व्यवसाय, Sound Box ले तपाईंको daily payment experience लाई अझ सजिलो, छिटो र स्मार्ट बनाउन मद्दत गर्छ।
Khalti Sound Box को Price र Plans
तपाईंको व्यवसायको आवश्यकता अनुसार विभिन्न subscription plans उपलब्ध छन्।
| अवधि | सामान्य मूल्य | Discount | तपाईंले तिर्ने मूल्य |
|---|---|---|---|
| 1 Month | Rs. 300 | – | Rs. 300 |
| 6 Months | Rs. 1,800 | 10% Off | Rs. 1,620 |
| 12 Months | Rs. 3,600 | 15% Off | Rs. 3,060 |
लामो अवधि रोज्दा तपाईंले थप बचत पनि गर्न सक्नुहुन्छ।
Khalti Sound Box कसरी Order गर्ने?
Khalti Sound Box लिनका लागि प्रक्रिया निकै सरल छ।
Step 1: Order form को link मा tap गर्नुहोस्।
Step 2: आवश्यक details सहित form भर्नुहोस्।
Step 3: Form submit गरेपछि Khalti team ले २४ working hours भित्र तपाईंलाई contact गर्नेछ।
