1660-01-5-8888

हाम्रो लागि हाम्रो समय नै पैसा हो। त्यसैले यसको बचत कसरी गर्ने भन्ने सोच्नु जरुरी छ। यसको सदुपयोग गरी हामीले धेरै अवसरहरुको लाभ उठाउन सक्छौं। यसको लागि Khalti App ले तपाईं को जीवन मा महत्वपूर्ण भूमिका खेल्न सक्छ। 

Khalti एउटा मोबाइल वालेट तथा भुक्तानी गर्ने माध्यम हो। यसले अनलाइन तथा मोबाइलबाट सहज साथसाथै सुरक्षित भुक्तानी गर्ने सेवाहरु पनि प्रदान गर्छ। जसकारण तपाईंको एटिम जाने, भुक्तानी गर्ने कार्यालय वा पसलमा लाइन बस्ने अनि फर्किने समय बचत गर्न सकिन्छ। अनि त्यो समय तपाईंले सहजै अन्तै लगानी गर्न सक्नुहुन्छ। यसमा आफ्नो फोन नम्बर प्रयोग गरी सजिलै रजिस्टर गर्न सकिन्छ।

 

यदि तपाईंसँग Khalti App नै छैन भने आफ्नो स्मार्टफोनमा यसरी डाउनलोड गर्न सक्नुहुनेछ।

  1. सर्वप्रथम तपाईंको Android फोन छ भने Google Play Store अनि iOS छ भने App Store मा जानुहोस्।
  2. त्यहाँ सर्च बक्समा Khalti Digital Wallet राखेपछि आएको परिणाममा भएको Khalti Digital Wallet (Nepal) को छेउको Install बटनमा थिच्नुहोस्।
  3. तपाईंको फोनमा Khalti App डाउनलोड हुनेछ।

 

Khalti App हालिसकेपछि अब Khalti को ID कसरी बनाउने बुझौँ।

  1. Khalti App खोल्नुहोस् अथवा Khalti.com मा गई Login  मा थिच्नुहोस्। 
  2. त्यहाँ भएको दर्ता फाराममा आफ्नो नाम, मोबाइल नम्बर, इमेल ठेगाना तथा पासवर्ड हाल्नुहोस्।
  3. त्यो फाराम भरे पछि Join मा थिच्नुहोला।
  4. तपाईंले आफ्नो दर्ता गर्नुभएको फोनमा एउटा कोड पाउनुहुनेछ।
  5. त्यो कोड हाली Verify गर्नुहोस्।
  6. तपाईंको Khalti को खाता दर्ता हुनेछ।

 

अझ सरल रुपमा बुझ्न यो भिडियो हेर्न सक्नुहुनेछ। 

 

Khalti मा पैसा थुप्रै माध्यमबाट सजिलै हाल्न सकिन्छ। 

 

यदि तपाई सँग बैंक खाता छ यी माध्यमहरू प्रयोग गर्न सकिन्छ:

  1. Khalti Bank Direct (Linked account)
  2. इ बैंकिङ्ग (E-Banking)
  3. मोबाइल बैंकिङ्ग (Mobile Banking)
  4. भिसा/मास्टर कार्ड (VISA/Master Card)
  5. एससिटी कार्ड (SCT Card)
  6. कनेक्ट आइपिएस (Connect IPS)

 

तपाईँसँग बैंक खाता छैन भने अरू माध्यमहरू पनि प्रयोग गर्न सकिन्छ:

  1. Khalti सेवा केन्द्र
  2. Bank Deposit
  3. Khalti send/request
  4. भाटभटेनी मनीट्रान्सफर काउन्टर
  5. सिटी एक्स्प्रेस एजेन्ट
  6. पेप्वाइन्ट किओस्क मेसिन (Kiosk)
  7. सहकारीकाे स्मार्ट एप

विस्तृतमा बुझ्न यो लिंकमा जानुहोला।

यदि तपाई रु. ५००० भन्दा माथिको कारोबार गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो KYC फाराम भर्न पर्नेछ। त्यो प्रक्रियाको लागि यो भिडियो हेर्न सक्नुहुन्छ ।

अब तपाईंले Khalti बाट विभिन्न सेवा जस्तै फोन रिचार्ज, बिजुली, पानी, साथसाथै अन्य थुप्रै सुविधा सजिलै प्रयोग गर्न सक्नुहुनेछ साथै आफ्नो अमुल्य समय पनि बचाउन सक्नुहुनेछ।