1660-01-5-8888

एकातिर भौगोलिक विविधता भने अर्को तिर विविधताले दिएको अपार सम्भवनालाई महशुस गर्दै नेपालीद्वारा निर्मित तपाईंहरुकै खल्तीडिजिटल वालेटले नेपालकै माटो सुहाउँदो डिजिटल भुक्तानी सेवा दिँदै आएको पनि आज तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको खुशी खल्तीपरिवारको तर्फबाट सबैमा व्यक्त गर्दछौँ । 

समाजको वस्तु, अवस्था दीर्घकालिन विकासलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी सेवाहरु सबैको पहुँचमा सर्वसुलभ उपयोगी होस भन्ने चाहनाले यो बितेको एक वर्षमा नै १८,०००+ खल्ती एजेन्ट नेटवर्क, १२ लाख भन्दा बढी प्रयोगकर्ता, ४०+ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सँग जोडी स्मार्ट छोरी, खल्ती क्विज, खल्ती बजार, स्मार्ट स्कुल, खल्ती टू बैंक मनी ट्रान्सफर, इभेन्ट टिकेटिङ, भोटिङ सिस्टम, एटिएम कार्डबाट सिधै पैसा लोड गर्न सकिने सुविधा, स्क्यान एण्ड पे लगायतका सुविधाहरु थप गरी स्थिर रहेको समाजमा सम्भवनाको तरङ्ग ल्याउन सफल भएका छौँ

प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारीको सिर्जना, व्यवसायीहरुको क्षमता तथा आयवृद्धिका कामहरु, सेवाहरुलाई डिजिटलाईजेशन, वित्तीय पहुँचको विस्तार,सजिलो सुरक्षित तवरले जीवनशैली निर्वाहका लागि खल्तीले ल्याएका विभिन्न इन्नोभेटिभ सेवाहरु तपाईंका लागि उपयोगी भएको त्यसलाई माया गरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ

यहि अवसरमा खल्तीले जनवरी २६, २०२० (माघ १२, २०७६) लाई आफ्नो चौथो वर्षको सुरुवातको रुपमा उद्घाटन गर्दै यी विभिन्न अफरहरु तपाईं समक्ष ल्याएका छौँ