Khalti-wins-GBG-Storytelling-Contest

नेपालको स्टार्टअप खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी प्रतिस्पर्धा

नेपालको डिजिटल वालेट ‘खल्ती’ गुगलको ‘ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट’ को बिजेता बनेको छ। आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले गुगलले हरेक बर्ष यो प्रतिष्पर्धा गर्दै आएको छ। 

नेपालको ‘खल्ती’ संगै ‘गुगल बिजनेश ग्रुप स्टोरी सर्च २०१७’ को बिजेतामा फिलिपिन्सका क्याफे यागम र भर्चअलाहान र इन्डोनेशियाको रिलिभ पनि छनौट भएका छन।

यस उपाधिका लागि विश्वका कुल ९ स्टार्टअप नोमिनेशनमा परेकोमा नेपालबाट खल्तीसहित अर्का दुई कम्पनी खालिसिसि र इको सेल इन्डस्ट्रिज पनि मनोनयनमा परेका थिए। मनोनयनमा परेका ९ स्टार्टअप मध्ये अनलाइन भोट र गुगलका निर्णायकको भोटका आधारमा बिजेता छनोट गरिएको हो।

बिजेतामा छनौट भएसंगै खल्तीले अब गुगलको हेडक्वाटर सान फ्रान्सिस्कोमा गुगल पेमेन्ट र यसको महत्वपूर्ण टिमबाट प्रत्यक्ष रुपमा मेन्टरसिप प्राप्त गर्ने अवसर प्राप्त गर्ने भएको छ। यसका अलावा खल्तीले विश्वका प्रतिष्ठित टेक थिंकर, इन्नोभेटर र बिजनेश लिडरलाई भेट्न पाउने छ ।

खल्ती फिन–टेक कम्पनी हो, यसले नेपालमा क्यासलेस अर्थतन्त्रको अवधारणामा काम गरिरहेको छ । यस कम्पनीले नेपालमा डिजिटल पेमेन्टको माध्यमबाट हरेक नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्य लिएको छ।

This article was originally published at Bizpati on October 16, 2017. Read the original article here.

Facebook Comments
नेपालको स्टार्टअप खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी प्रतिस्पर्धा

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *