खल्तीको पहिलो वार्षिकोत्सवमा एक्स्क्लुसिभ फिचर ल्याएका छौं

मोबाइल वालेट खल्ती सञ्चालनमा ल्याएको एक वर्ष पुगेको छ । हाम्रो लागि यो समय निकै चाँडै बित्यो । योबीचमा सबैको सहयोग पायौं । धेरै युजरले माया गर्नुभयो । सबैको सपोर्टका लागि धन्यवाद दिन्छु ।

यो एक वर्ष केही पनि होइन । बेसिक कुरा दिन पनि ३÷४ वर्ष लाग्छ । हामीले यो वर्ष धेरै मेहनत गरेका छौं । बेसिक लेभलको वालेट बनाइसक्यौं र नेपालमै पहिलोपटक वालेटभित्रैबाट होटल पनि छान्न मिल्ने सुविधा ल्याएका छौं । भारतको लार्जेस्ट होटल एग्रिगेटर ओयोसँग टाइअप गरी खल्तीकै एपबाट काठमाडौं, पोखराका होटलहरु हेर्न र बुक गर्न सक्नुहुन्छ । युटिलिटी पेमेन्ट त बैंकको एपबाट पनि गर्न सकिन्छ । तर हाम्रो मोबाइल वालेटबाट हरेक भुक्तानी गर्न सकियोस् भन्नेतर्फ अग्रसर छौं । हामीले धेरै बैंकहरुलाई आफ्नोसिस्टममा इन्टिग्रेट गरिसकेका छौं र अझै थपिने क्रममा छन् । पहिलो वर्ष पुगेको अवसरमा हामीले ३ ओटा फिचर सार्वजनिक गरेका छौं ।

ओयोसँगको होटल बुकिङ टाइअपको घोषणा गरेका छौं । त्यस्तै लोयालिटी प्वइन्ट्स भनेर खल्तीको प्रयोगकर्ताले विभिन्न कारोबार गर्दा खल्ती प्वइन्ट्स भनेर छुट्टै अप्सन पाउनुहुनेछ । त्योसँगै हामीले रिफर एन्ड अर्न नामक राम्रो प्रोगाम ल्याएका छौं जसअन्तर्गत कुनै पनि साथीलाई लिंक वा रिफर गर्न सक्नुहुन्छ र त्यो लिंकबाट कसैले पहिलो डाउनलोड गर्यो भने तपाईले र त्यो युजर दुवैले एक्स्ट्रा रुपियाँ पाउनुहुनेछ । त्यसपछि युजरले जब एक हप्ताभित्र केवाइसी फर्म भर्छ, फेरि उसले र तपाईले २० रुपियाँ पाउनुहुनेछ । साथै भिजा कार्डबाट पनि खल्तीमा पैसा लोड गर्न मिल्ने सुविधा ल्याएका छौं ।

– अमित अग्रवाल
सिइओ, जानकी टेक्नोलोजी
(खल्ती)

This article was originally published at Living With ICT Magazine‘s Subisu CAN Info-Tech 2018 special issue.

Facebook Comments
खल्तीको पहिलो वार्षिकोत्सवमा एक्स्क्लुसिभ फिचर ल्याएका छौं

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *