1660-01-5-8888

काठमाडौं चैत्र ९, २०७४ । ‘सनराइज बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानी का लागी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सनराइज बैंकका तर्फ बाट नायब महाप्रबन्धक रबिन कुमार नेपाल र खल्ती डिजिटल वालेट का तर्फ बाट प्रबन्ध निर्देशक मनीष मोदि ले बिहिबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौता अनुसार सनराइज बैंकका ग्राहकहरु ले उक्त बैंक को मोबाईल बैङ्किङ सुबिधा प्रयोग गरी खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवा हरु को भुक्तानी गर्न सक्नु हुनेछ ।

उक्त सम्झौताको बारेमा बोल्दै ‘खल्ती डिजिटल वालेट’ का प्रबन्ध निर्देशक मनीष मोदि ले भन्नु भयो,

हामी सनराइज बैंक सँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब ‘सनराइज बैंक’ का ग्राहकहरुले बैंक बाट पैसा झिकिराख्ने झन्झट गर्नु पर्दैन । उहाँहरुले सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथ सेवा को भुक्तानी गर्न सक्नु हुनेछ । नगद पैसा बिना को सरल भुक्तानी को यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगद पैसा बिना को नेपालको लागी एक पाइला अगाडी बढेको भान भएको छ ।

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ ।

हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ७,००,००० भन्दा बढि रहेको छ।

मोबाइल एप डाउनलोड गर्न:

सनराइज बैंक को मोबाईल बैङ्किङ एप यो लिङ्क बाट डाउनलोड गर्न सकिन्छ: www.sunrisebank.com.np/mobileapp

यस्तै, ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप यो लिङ्क बाट डाउनलोड गर्न सकिन्छ khalti.com/app