पर्सा–बाराका कम्प्युटर इन्जिनियरले बनाएको ‘खल्ती’ देशभरि लोकप्रिय

पछिल्लो समय नेपालमा ‘खल्ती डिजिटल वालेट’ले खुब चर्चा पाएको छ । इमेल इन्टरनेटमा पहुँच हुने नेपालीको जनजीवन सहज र सरल बनाएकोले खल्ती लोकप्रिय बन्दै गएको हो । भारतको पेटिएम जस्तै थुप्रै सेवा प्रदान गर्न थालेपछि नेपालीमाझ यस सफ्टवेयरले प्रभावकारी सेवाप्रदायक कम्पनीको रूपमा पहिचान बटुल्न थालेको हो ।

खल्तीबाट एनटिसी–एनसेलका रिजार्चकार्ड खरिद, डिसहोम, सिम टिभीको शुल्क भुक्तानी, इन्टरनेट, टेलिफोन, बिजुलीको बिल भुक्तानी, सिनेमाहल तथा विमानको टिकट (डोमेस्टिक) खरिद गर्न सकिने भएकाले अहिले नेपालका करिब ३५ हजार प्रयोगकर्ता यो सेवाबाट लाभान्वित भएका छन् । साथै, नेपालका सबै जिल्लाका हजारौं प्रयोगकर्ता दिनहुँ खल्तीसँग आपूmलाई जोडिरहेका छन् ।

आखिरमा कसले बनाएको हो त ‘खल्ती डिजिटल वालेट’ ? यो कुनै विदेशी सप्mटवेयर इन्जिनियरहरूले बनाएको प्रविधि होइन । नेपालकै चारजना युवाले यो सफ्टवेयर बनाइ सेवा प्रदान गरिरहेका छन् । नेपालको जानकी टेक्नोलोजी प्रालिका मनीष मोदी, अरविन्द साह, अमित अग्रवाल र धुव्र अधिकारीसमेत चारजना कम्प्युटर इन्जियनरले यो प्रविधि निर्माण गरी सेवा शुरु गरेका हुन् । सन् २००८ मा यो सूचना प्रविधि कम्पनी स्थापना गरी उनीहरूले सेवा शुरु गरेका थिए ।

८ महिना पहिले नेपालमा खल्ती शुरु भएको थियो । छोटो समयमैं प्रभावकारी र लोकप्रिय बनेकोमा आपूmहरू खुशी भएको खल्तीका सहसंस्थापक अरविन्द साहले बताए । जनकपुर निवासी मनीष, बारा तेलकुवा निवासी अरविन्द, वीरगंज निवासी अमित र पोखरा निवासी ध्रुवको सामूहिक सोचबाट खल्तीले साकार रूप लिएको हो । “तीन वर्षको दिनरातको कडा मेहनतबाट खल्ती बनेको हो,” अरविन्दले भने,“प्रयोगकर्तामाझ लोकप्रिय बन्दा खुशी छौं । आशा छ, धेरैले प्रयोग गरी सेवा लिनेछन् । खल्तीको निर्माणमा करिब रु. २ करोड लगानी भएको अरविन्द बताउँछन् । हामी चारजना नै एकै ब्याचको इन्जिनियरका विद्यार्थी हुन् । भारत तथा युरोपेली देशमा थुप्रै डिजिटल वालेट लोकप्रिय बन्दै गएपछि नेपालको लागि सुरक्षित वालेटको रूपमा खल्तीको सोच आएपछि आपूmहरूले काम थालेको उनले बताए । खल्ती डटकम र यसको एपबाट सेवा शुरु गरेको अर्का संस्थापक अमितले बताए । अमितले ह्वाइट हाउस क्याम्पसबाट इन्जिनियरिङ पढेका हुन् भने बाँकी तीनजना त्रिविको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिड्ढो पढाइ पूरा गरेका हुन् । अहिले चारजनाले नै सूचना प्रविधि उद्यमीको रूपमा पछिल्लो समय पहिचान हासिल गरिरहेका छन् । खल्ती पूर्ण सुरक्षित रहेको गूगलका वीरगंज प्रतिनिधि तथा खल्तीका संस्थापकमध्ये अमित अग्रवाल बताउँछन् । बाराका अरविन्द साह कृषि क्षेत्रलाई आधुनिक सूचना प्रविधिसँग जोड्न विगत ५  वर्षदेखि गृह जिल्लामा काम गरिरहेका छन् । उनले बारामा कृषि फर्म, एग्रो एडभाइजरी मेशिन तथा कृषक समूह गठन गरी डीप बोरिङ पनि सञ्चालनमा ल्याएका छन् । उनले कृषकलाई उचित परामर्श तथा सहुलियत मूल्यमा बीउबिजन पनि वितरण गर्दै आएका छन् । कृषिमा युवाको आकर्षण बढाउन उनी अभियानसमेत चलाएर सक्रिय छन् ।

खल्ती सञ्चालन गरेको जानकी टेक्नोलोजीले यसअघि ‘स्पैरो एसएमएस’, ‘पिकोभिको’ जस्ता सप्mटवेयर निर्माण गरी सेवा दिंदै आएको छ । जानकी टेक्नोलोजीमा हाल ५५ जना आइटी पर्सनले रोजगार पाएका छन् भने खल्तीमा मात्रै ४० जनाले रोजगार पाएका छन् ।

प्रविधिसँग जोड्न खल्ती टिम वीरगंजमा

नेपालको आर्थिक नगरी वीरगंजमा खल्ती टिम आप्mनो सेवाबारे जानकारी गराउन र वीरगंजलाई प्रविधिसँग जोड्न हाल वीरगंजमा छन् । वीरगंज सूचना प्रविधिमा अति नै पछि परेकोले वीरगंजलाई डिजिटल शहरको रूपमा विकास गर्न खल्ती टिम वीरगंज आएको अमितले बताए । सो टिमले शुक्रवार   १०० जनालाई सूचना प्रविधिसम्बन्धी प्रशिक्षण दिएको थियो । सो अवसरमा गूगलमा म्यापिड्ढो काम थाल्ने पनि उनले जानकारी गराए । वीरगंजलाई डिजिटलाइजेशन गर्न खल्ती टिम वीरगंजमा अभियान नै लिएर आएको उनले बताए । शुक्रवार साँझ २०० जना महिलालाई इन्टरनेटबाट ससाना काम कसरी गर्ने भन्नेबारेमा पनि प्रशिक्षण दिएको उनले बताए । “शुरुमा प्रशिक्षण दिन्छौं, त्यसपछि तीन दिनसम्म घण्टाघरदेखि अलखियामठसम्मका पसलहरूको म्यापिङ गर्छौं,” उनले भने,“पसलहरूको फोटो, बिक्री गर्ने सामानको जानकारी, फोन नम्बरलगायतका विवरण म्यापिङ गर्दा राखिन्छ ।”

खल्तीमा कसरी जोडिने र यसबाट हुने  फाइदा

प्ले स्टोरमा गई खल्ती एप डाउनलोड गर्न सकिन्छ । सो एपले मागेका जानकारी राखिसकेपछि मोबाइलमा चालू हुन्छ । शुरुमा एनआइसी एसिया, एनआइबिएल, माछापुच्छ«े, मेगा र एनएमबी बैंकिङ प्रणालीसँग सेवा शुरू गरिएको छ । पछि अन्य बैंकसँग पनि सहकार्य गरिने अमितले बताए । प्रयोगकर्ताहरूले बैंकमा खाता खोल्दा ई–बैंकिङ सेवा लिएका वा नलिएका सबै प्रकारका ग्राहकले यो सेवा उपभोग गर्न सक्नेछन् । पे–गेटवेको सहजताले बैंकिङ प्रणालीसँग जोड्न र नगदरहित कारोबार गर्नुपर्ने सरकारको नीतिलाई सो एपले फाइदा पु¥याएको वीरगंजका व्यवसायी मुर्ली जलानले बताए । खल्तीबाट सिमरा–काठमाडौं–सिमराको विमान टिकट खरिद गर्दा शुरुमा ३ हजार ५ रुपैयाँ नै लाग्छ तर  पछि खल्ती डटकमले ४५ रुपैयाँ तपाईंको बैंक खातामा बोनसको रूपमा फिर्ता गर्छ । विमान सेवाको कार्यालय वा एजेन्टमार्पmत् टिकट किन्दा भने पैतालीस रुपैयाँ फिर्ता हुँदैन । विमान कम्पनीले खल्तीलाई ७० रुपैयाँ प्रतिटिकट कमिसन दिन्छ । २०–२५ रुपैयाँ नाफा राखेर खल्तीले ४५–५० रुपैयाँसम्म प्रयोगकर्ताको बैंक खातामा बोनसको रूपमा फिर्ता गर्छ ।

खल्तीले बिस्तारै प्रयोगकर्तालाई नगद बोक्नुपर्ने झन्झटबाट पनि मुक्ति दिलाउने अमितले बताए ।

– बिरजालाल

This article was originally published at Prateek Daily. Read the original article here.

Facebook Comments
पर्सा–बाराका कम्प्युटर इन्जिनियरले बनाएको ‘खल्ती’ देशभरि लोकप्रिय

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *