Book OYO Rooms via Khalti Digital Wallet

मोबाइलबाटै नेपाली होटल बुकिङ

मोबाइलबाटै नेपाली होटलका कोठा बुक गर्न सकिने भएको छ। डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्तीले  चेन होटल सर्भिस ओयोसँग आफ्नो साझेदारीमा नेपाली ग्राहकलाई यस्तो सुविधा ल्याएके हो।

यस साझेदारीले नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने अनुमान गरिएको छ​।

खल्ती मोबाइल एप र वेबसाइटबाट काठमाडौं र पोखरामा रहेका होटलका कोठा बुक गर्न सकिने खल्तीले जानकारी दिएको छ।

ओयो भारतमा विकास भ​एको एक नँया अबधारणाको चेन होटेल ग्रुप हो । नेपालमा भने ओयो सन् २०१७ अप्रिल देखि संचालनमा आएको थियो।

प्रबिधीको प्रयोगबाट बजेट होटल संचालन र ब्यवस्थापन सजिलो बनाएको कारणले ओयोलाई मार्गदर्शक मानिन्छ।यो सेवामा कुनै पनि ग्राहकले होटल बुकिङ र भुक्तानी मोबाइलबाटै गर्नेछन्। खल्ती एपमा रहेको आफ्नो एकाउन्टबाट यो भुक्तानी गर्न सकिने छ।

This article was originally published at Artha Nepal. Read the original article here.

Facebook Comments
मोबाइलबाटै नेपाली होटल बुकिङ

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *