फुडमान्डु

‘खल्ती’ र ‘फूडमान्डु’ बीच रणनीतिक साझेदारीको घोषणा, अन्लाइनबाट अर्डर गरेको खानाको पैसा मोबाइलबाटै तिर्न सकिने

मोबाइल भुक्तानी सेवा प्रदायक खल्ती र अन्लाइनबाट रेस्टुरेन्टहरूमा पाइने खानाको अर्डर लिने र डेलिभरी गर्ने कम्पनी फुडमान्डु ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले बिहीवार एक सम्झौतापत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको शुरूआत गरेका हुन् ।

यस साझेदारीपश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाइलबाटै तिर्न सकिने भएको छ ।

साझेदारीको घोषणा गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने,

यस साझेदारीसँगै अन्लाइनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरूले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाइलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्नुहुने भएको छ ।

प्रविधिको विकास र यसले ल्याएको सहजताको कारणले पछिल्लो समयमा नेपालमा अन्लाईनबाट सामान किन्ने चलन विस्तारै विकसित हुँदै गएको महसुस गर्न सकिन्छ । यहि प्रविधिको विकास सँगै नेपालको भुक्तानी प्रणाली पनि विस्तारै नगदरहित र डिजिटल तर्फ रुपान्तरण हुँदैछ । र, खल्ती मार्फत हामीले नेपालमा अन्लाईन भुक्तानी प्रणाली अझै सहज बनाउने तर्फ काम गरिरहेका छौँ ।

फुडमान्डुसँगको यो साझेदारीले खल्ती प्रयोगकर्ताहरुलाई एउटा थप नयाँ सेवाको भुक्तानी गर्न सहजता प्रदान गरेको छ । यो साझेदारीसँगै हामीले नेपाल डिजिटल र नगद रहित बनाउने यात्रामा एउटा अर्को पाइला अगाडी बढेको महसुस गरेका छौँ । हामी खल्ती प्रयोगकर्ताहरुलाई धेरै भन्दा धेरै सेवाहरु प्रदान गर्न प्रतिबद्ध छौँ र चाँडै खल्तीमा अन्य धेरै सेवाहरुको भुक्तानी गर्न मिल्ने सुविधा थप्ने प्रकृयामा छौँ ।

त्यस्तै, फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले भने,

हामी खल्तीसँग साझेदारी गरी यसले प्रदान गर्ने डिजिटल भुक्तानी सुविधा हाम्रा सबै ग्राहक माझ र्पुयाउन पाउँदा उत्साहित छौँ । अब, फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । खल्तीको डिजिटल भुक्तानी सुविधा सँगै नेपालमा विद्यमान क्यास-अन-डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने आशा गरेका छौँ ।

यस साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्नेछन् ।

नेपालमा पछिल्लो समयमा ई–कमर्स र अन्लाईन किनमेलको ट्रेन्ड ह्वात्तै बढेको छ । यद्यपि, अन्लाईन भुक्तानीमा आशातित वृद्धि हुन सकेको छैन र मानिसहरु अझै पनि नगद भुक्तानीमै भर पर्दै आएका छन् । छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अन्लाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।

साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्ती मार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५% क्यासब्याक प्राप्त गर्नेछन् ।

सन् २०१० को नोभेम्बरमा सुरु भएको फुडमान्डु काठमाडौंका विभिन्न उत्कृट रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउने एक भरपर्दो र चिरपरिचित सेवा प्रदायक हो । फुडमान्डूसँग अहिले काठमाडौँ र ललितपुर वरपरका ३०० भन्दा बढी रेष्टुरेन्ट आवद्ध छन् । जसमा बजेटदेखि प्रीमियम रेञ्जसम्मका छन् । ग्राहकले फुडमान्डुको मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना र खाजा अर्डर गर्न सक्छन् । पछिल्लो समयमा फुडमान्डुको यो सेवा युवामाझ निकै लोकप्रिय छ ।

त्यस्तै, सन् २०१७ को जनावरीमा नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ। हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ५,००,००० भन्दा बढि रहेको छ ।

कसरी डाउनलोड गर्ने खल्ती र फुडमान्डु एप ?

खल्ती एप यो लिंकबाट डाउनलोड गर्न सकिन्छ ।

साथै, ‘फुडमान्डु एप’ यो लिंकबाट डाउनलोड गर्न र खाना अर्डर गर्न सकिन्छ ।

Facebook Comments
‘खल्ती’ र ‘फूडमान्डु’ बीच रणनीतिक साझेदारीको घोषणा, अन्लाइनबाट अर्डर गरेको खानाको पैसा मोबाइलबाटै तिर्न सकिने

You May Also Like