Digital Wallet in Nepal

बर्ष २०७४ को उत्कृष्ट नेपाली आइटी प्रडक्ट मध्य एक : खल्ती

यस बर्ष नेपाली बजारमा केहि नयाँ आइटी प्रडक्टहरु बने जसले राम्रै चासो र सफलता पाइरहेका छन । खास गरी मोबाइल एप्, सफ्टवेयर, ई कमर्स आदिका प्रडक्ट रुचाइए । यस मध्य खल्ती एक सफल र चर्चित प्रडक्ट रह्यो ।

पैसाको नयाँ ठेगाना ‘खल्ती ‘

यो बर्ष डिजिटल वालेट खल्तीले उत्साहजनक रुपमा व्यवसाय विस्तार गरिरहेको छ । नगद नबोकी कारोबार गर्न सकियोस भन्ने उद्धेश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रीएको थियो खल्ती । यो डिजिटल वालेटका रुपमा राम्रो विकल्प भैरहेको छ । विशेषगरी युवा पुस्तामा खल्ती क्रेज देखिन्छ । यसबाट इन्टरनेट तथा बिजुलिको बिल भुक्तानी, राष्ट्रीय तथ अन्तर्राष्ट्रीय उडानको टिकट, रोजेको चलचित्रको टिकट, फोन, मोबाइल, डिसटिभी रिचार्ज लगायत सुविधा प्रयोग गर्न सकिन्छ । जानकी टेक्नोलोजी प्राली ले सार्वजनिक गरेको यो एपले पछिल्लो बर्षको विश्वव्यापी गुगल बिजनेस ग्रुप स्टोरी प्रतियोगिता पनि जितेको छ, जसका कारण अन्तर्राष्ट्रीय एक्स्पोजर समेत पाइरहेको छ । साथै खल्तीले प्रयोगकर्तालाई आकर्षण गर्न थुप्रै सुविधासमेत ल्याइरहेको छ ।

Khalti Digital Wallet coverage by Living With ICT
Khalti Digital Wallet; as covered by Living With ICT
Facebook Comments
बर्ष २०७४ को उत्कृष्ट नेपाली आइटी प्रडक्ट मध्य एक : खल्ती

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *