टुटल

‘मोटरसाइकल ट्याक्सी’ यात्रा सहज बनाउन खल्ती र टुटल बिच साझेदारीको घोषणा

नेपालका दुई स्टार्टअप कम्पनीहरु खल्तीटुटल बिच रणनीतिक साझेदारीको सुरुवात भएको छ । खल्तीका निर्देशक अमित अग्रवाल र  ‘टुटल’का सहसंथापक तथा सीइओ शिक्षित भट्टले मंगलवार एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब प्रयोगकर्ताले सजिलै आफ्नो खल्ती एप मार्फत निकै सहज तरिकाले ‘टुटल’मा पैसा राख्न र मोटरसाइकल भाडा तिर्न सक्नेछन् ।

यस साझेदारीबाट उत्साहित खल्ती का डाइरेक्टर अमित अग्रवालले भने,

हामी टुटल जस्तो एउटा लोकप्रिय ’राइड सेयरिङ प्ल्याटफर्म’ सँग सहकार्य गर्न र टुटल प्रयोगकर्तालाई ‘खल्ती’को सजिलो अन्लाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा हर्षित छौँ । सवारी यात्रा र पैसा भुक्तानी हामी सबैले दैनिक रुपमा भोग्दै आइरहेको एउटा समस्या हो । यो पार्टनरशिप दुवै समस्यालाई एकसाथ हल गर्न केन्द्रित हुनेछ । साथै, दुई स्टार्टअप कम्पनीहरु सँगै मिलेर काम गर्यो भने दुवैलाई उर्जा प्राप्त हुन्छ । यो साझेदारी ले युवा उद्यमीहरु एकआपसमा मिलेर काम गर्नुपर्छ र विश्वस्तरिय प्रणाली विकास गर्ने वातावरण निर्माण गर्नुपर्छ भन्ने सन्देश जाने कुरामा हामी विश्वस्त छौँ ।

त्यसै गरी शिक्षित भट्टले भने,

“नेपालमा केहि वर्ष अघिसम्म पनि डिजिटल प्रविधि प्रयोग गरेर यातायात सेवा प्रयोग गर्ने वा पैसा भुक्तानी गर्ने कुरा नौलो थियो । तर स्मार्ट मोबाईल प्रविधिको प्रयोग ह्वात्तै बढेको छ र खल्ती र टुटल जस्ता सेवाको प्रयोगकर्ताको संख्या बढ्ने क्रममा छ । दुवै कम्पनीको लक्षित प्रयोगकर्ताको समूह एउटै भएको कारणले यस साझेदारीले दुवै कम्पनीलाई छिटो अगाडी बढ्न र अलग पहिचान बनाउन मदत प्रदान गर्छ भन्ने कुरामा हामीलाई विश्वास छ ।”

साथै, साझेदारी सुरुवातको अफर स्वरुप टुटल प्रयोगकर्ताले खल्ती मार्फत पैसा राख्दा ५ प्रतिशत थप पैसा पाउनेछन् भने ‘खल्ती’ले पनि ‘खल्ती अकाउन्ट’मा ५ प्रतिशत क्यासव्याक दिनेछ ।

सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ५,००,००० भन्दा बढि रहेको छ ।

२०१७ को जनवरीमा नै सुरु भएको ‘टुटल’ सार्वजनिक सवारीसाधनको यात्रा सहज नभएको बेला भाडा तिरेर मोटरसाइकलमा यात्रा गर्न पाइने सेवा हो । आफ्नो मोबाइलमा ‘टुटल एप’ राखेपछि यात्रुले मोटरसाइकलवालालाई सम्पर्क गरेर तत्काल यो सुविधा लिन सक्छन् । पछिल्लो समयमा यो सेवा युवामाझ निकै लोकप्रिय छ ।

कसरी डाउनलोड गर्ने टुटल र खल्ती एप ?

खल्ती एप डाउनलोड गर्न यो लिंकमा जानुहोस् ।
साथै, ‘टुटल एप’ डाउनलोड गर्न र ‘मोटरसाइकल ट्याक्सी’ प्रयोग गर्नका लागि, यो लिंकमा जानुहोस् ।

This news was originally published in Lokaantar.

Facebook Comments
‘मोटरसाइकल ट्याक्सी’ यात्रा सहज बनाउन खल्ती र टुटल बिच साझेदारीको घोषणा

You May Also Like