Khalti Digital Wallet_QR Code System_Naya Patrika_खल्ती एपको भुक्तानी क्युआर कोड प्रविधिमार्फत

खल्ती एपको भुक्तानी क्युआर कोड प्रविधिमार्फत

मानिसको हात–हातमा स्मार्ट मोबाइल फोन पुगेसँगै यसबाट लिइने सेवा पनि बढ्दै गएको छ । स्मार्टफोनले क्यामेरा, कम्प्युटर, घडी, क्याल्कुलेटर मात्र होइन, एकै छिनमा फोन रिचार्ज, पानी बिजुलीको बिल भुक्तानीदेखि विभिन्न प्रकारका भुक्तानी सेवा दिन सुरु गरेको धेरै भइसक्यो । यस्तै इलेक्ट्रोनिक पेमेन्टलाई अझ सहज बनाउन स्प्यारो पे प्रालिले मोबाइल एप खल्तीले थप सहयोग पु-याएको छ । डिजिटल वालेटको रूपमा काम गर्ने खल्तीले तपाईंले खल्तीमा राखेर हिँड्नुपर्ने वालेटलाई स्मार्टफोनमै अटाएको छ  ।

देशभर इभेन्ट बुकिङ सेवा

यो एपले सबै प्रकारका काम एउटै प्लेटफर्मबाट गर्न मिल्ने प्रविधि ल्याएको छ । त्यसमा पनि इभेन्ट बुकिङ मुख्य हो । देशभरमा हुने ठूला–ठूला इभेन्टमा लिनुपर्ने टिकट अब खल्ती एपबाटै लिन सकिन्छ । खल्ती एपमार्फत टिकट बुक गरिसकेपछि उक्तइभेन्टमा प्रवेश गर्दा खल्तीले पठाएको क्युआर कोड स्क्यान गर्नुपर्छ ।

कसरी डाउनलोड गर्न सकिन्छ ?

खल्ती तीन तरिकाले डाउनलोड गर्न वा साइन अप गर्न सकिन्छ । यो एन्ड्रोइडको प्लेस्टोरएप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यस्तै त्यो वेबबेस सिस्टममा भएकाले यसलाई कम्प्युटरमा पनि साइन अप गरेर चलाउन सकिन्छ । यसलाई फोन नम्बरसहित रजिस्टर गरेपछि चलाउन सकिन्छ । बैंक एकाउन्टसँग कनेक्ट गरेपछि बैंकबाट सीधै यसमा रकम थप्न मिल्छ ।

यो एपमा क्युआर कोड स्क्यान गरेर पनि भुक्तानी गर्न मिल्ने सुविधा छ । यसका कारण भुक्तानी तोकिएको ठाउँमा नै पुग्छ । अरू खल्ती डिजिटल वालेट प्रयोग गर्नेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ । सडकमै किनमेल गर्दा वा पसलमा किनमेल गर्दा पनि यसबाट भुक्तानी दिन सकिन्छ । नेपालमा किनमेलमा यसरी भुक्तानी गर्ने प्रक्रिया न्यून रहे पनि भारत र चीनमा यसको व्यापक प्रयोग भइसकेको  छ ।

तथ्य

खल्ती एप स्प्यारो पे प्रालिले सञ्चालनमा ल्याएको हो । यो सन् २०१० मा स्थापित सफ्टवेयर कम्पनी जानकी टेक्नोलोजीअन्तर्गतको कम्पनी हो । जानकी टेक्नोलोजीले स्प्यारो एसएमएस सेवा, खल्ती एप र फोटोलाई भिडियोमा परिवर्तन गर्ने पिकोभिको नामक क्लाउड बेस्ड प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

कम्पनीको  विश्वास

प्रविधिको बढ्दो प्रयोगसँगै भुक्तानी व्यवस्थामा पनि विश्वव्यापी रूपमै प्रविधिको प्रयोग सुरु भएको छ । नेपालमा पनि डिजिटल वालेट प्रयोग गर्नेको संख्या क्रमशः बढ्दो  छ । करिब ५ प्रतिशत नेपालीले मात्र अनलाइन बैंकिङ सेवा लिएका छन् । डिजिटल वालेटमार्फत भुक्तानीमा विश्वास जित्दै र सेवा दिँदै जाँदा यो संख्या पक्कै बढ्छ । नेपालमा यसको सम्भावना पनि प्रशस्त छ । खल्ती एप प्रयोग गर्नेको संख्या नै ७ लाख नाघिसकेको छ । हामीले अहिले वीरगन्ज, बुटवल र धनगढीमा शाखा कार्यालयसमेत सञ्चालनमा ल्याइसकेका छौँ । मोफसलमा पनि डिजिटल वालेटको प्रयोग बढ्दै गएकाले हामीले खल्ती एप प्रयोगकर्तालाई सुविधा दिन शाखा सञ्चालनमा ल्याएका हौँ ।

एपको प्राविधिक पाटो

-सञ्चालन : सन् २०१७ जनवरी २६
-एप निर्माता : स्प्यारो पे प्रालि (नेपाल)
-अनुमति दिने निकाय : नेपाल राष्ट्र बैंक
-सहकार्यमा जोडिएका बैंक : ३० भन्दा बढी (आइपिएस कनेक्ट भएका)
-सेक्युरिटी : पिसिआइडिएसएस सेक्युरिटी
-प्रयोगकर्ता : ७ लाखभन्दा वढी
-रेटिङ : प्लेस्टोर र एप स्टोर दुवैमा ४.३

सम्मान 

यो एपले गुगल बिजनेस ग्रुपको ‘स्टोरी सर्च’ प्रतियोगिता २०१७ मा पुरस्कार जित्नुका साथै पिपुल्स च्वाइस विजेता भएको थियो ।

खल्ती एपमा उपलब्ध सुविधा

-बिजुलीको बिल भुक्तानी
-एनटिसी, एनसेल र स्मार्ट सेलमा रिचार्ज
-देशका सबैजसो आन्तरिक विमान सेवाको टिकट खरिद
-इन्टरनेट सेवा प्रदायक तथा डिसहोमको बिल भुक्तानी
-विभिन्न हलमा चलेका चलचित्रका टिकट खरिद
-खानेपानीको बिल तिर्ने सुविधा

Source: nayapatrikadaily.com/news-details/7806/2019-03-06

Facebook Comments
खल्ती एपको भुक्तानी क्युआर कोड प्रविधिमार्फत

You May Also Like