1660-01-5-8888

हामी हाम्रो यात्राको शुरुवातमै थियौँ। घुमघामको क्रममा सुखिपुर, सिरहा पुगेका हामी बाइक लिएर गाउँ-भेग हेर्न भनेर लाग्यौं । लाहान देखि १२ किलोमीटर दक्षिणमा नर्गीचोक को पान पसलमा पान खानका लागि हाम्रो बाइक रोकियो।

र, त्यहाँको एउटा दृश्यले हामीलाई अचम्भित पार्यो ।

त्यहाँ हामीले “Khalti Digital Wallet” को पोस्टर र स्टिकर टासेको देख्यौं । बुझ्दैजाँदा सो पान पसल बाट डिजिटल माध्यमबाटै सबै किसिमका भुक्तानी गरिँदो रहेछ ।

सोहि समय एक जना वृद्ध सुपारी किन्न भनि त्यहाँ आइपुग्नुभयो। काठमाडौँमा राम्रो चर्चा कमाएको खल्ती वालेटको बारेमा हामी पसलवाला सँग कुरा गर्दै गरेको उहाँले सुन्नुहुँदैथियो। बिजुलीको बिल पनि तिर्न मिल्ने कुरा उहाँले सुनिसक्दा अचम्म मान्नुभयो।  त्यहाँबाट लाहान गएर बिजुलीको बिल तिर्न उहाँलाई ३००-४०० रुपैयाँ लाग्ने कुरा सुन्दा हाम्रो देशमा भएको सूचना-प्रविधिको पहुँचको अभावको बारेमा नियाल्न पायौँ।  खल्ती बाट बिजुली, मोबाइल रिचार्ज, प्लेन टिकट सबै गर्न मिल्ने कुरा सुनेर दङ्ग हुनु भएका उहाँले भन्नुभयो, “अब राहतको सास लिन पाउने भएँ। छोरा विदेशमा छ, छोरीको बिहे भैसक्यो, बिजुली बिल तिर्न भनेपनि मलाई एक पुरा दिन त्यसमा नै लाग्ने गर्थ्यो। अब म जस्ता अरुपनि छन् मेरा गाउँमा, सबैलाई यहिँ पठाइदिन्छु।”

आयको श्रोत पनि बन्यो, साथीभाईले पनि सराहना गरेका छन्। यसरी एजेन्ट बनेर काम गर्न सजिलो छ। आखिर स्मार्ट फोन मात्रै त चाहियो ।”

सानो पान पसल बाट ग्रामिण-देहात भेगमा बस्ने सो पसलका संचालक दीपेन्द्र कुमार साहले यो काम थालेको ४ महिना भैसकेको र उहाँले आफुले भोगिरहेको समस्यालाई निर्मुल पार्नका लागि नै खल्ती  संग सीधा सम्पर्क गरेर चलाउन थालेको बताउनुहुन्छ। “आयको श्रोत पनि बन्यो, साथीभाईले पनि प्रशंसा गरेका छन्। यसरि एजेन्ट बनेर काम गर्न सजिलो छ। आखिर स्मार्टफोन मात्र त चाहियो।” उहाँले थप्नुभयो।

बैंकिङ पहुँच भएतापनि वित्तीय साक्षरता न्यून रहेको हाम्रो नेपालमा अब मोबाइल फोनबाट नै सबै किसिमको भुक्तानी लिने र दिने वातावरण बन्नसक्यो भने देश अझै कति अगाडी सम्म जान्थ्यो होला।

eSewa, IME pay, ePrabhu लगायतका भुक्तानी सेवा प्रदायकहरु यसै मूहीममा होमिएका छन्। सबै भन्दा पहिले अनलाइन भुक्तानी प्रणालीमा अभियन्ताको रुपमा उभिएको eSewa अझै पनि भुक्तानी प्रदायक मध्यमा सबै भन्दा अग्रसर रहेको छ भने, एक वर्ष अगाडी मात्र सुचारु भएको खल्ती को प्रभाव पनि कम छैन।

नेपाल राष्ट्र बैंकले भर्खर लिएर आएको नियम अनुसार मासिक २५००० रुपैयाँ भन्दा बढी कारोबार गर्न नमिल्ने कुरालाई राष्ट्र बैंक ले फेरी सोच्नुपर्ला। चीन र भारत मा PayTM, WhatsApp र WeChat मार्फत मोबाइलबाट पैसा लिने र दिने दुबै सुचारु भएको समयमा नेपाललाई यो नियमले पछाडी धकेल्न सक्ने डर देखिन्छ।

खल्ती  जस्तो भुक्तानी सेवा प्रदायक ले आमजनतामा पुर्याएको सेवालाई ध्यानमा राखी देशको आउने कदम निर्धारण गर्नुपर्ने देखिन्छ।

उहाँ जस्तै लाखौँ युवाहरु जो विदेश नगएर नेपालमानै केहि गर्न चाहनेलाई खल्ती  ले पनि बढावा दिने गरेको पसलका संचालक साहले बताउनुभयो । उहाँ जस्तै खल्ती पसल बन्नका लागि यस लिंकमा क्लिक गर्नुहोला।

धन्यवाद!

त्रिलोक कर्ण

र, यो पनि पढ्नुहोस्: Khalti Pasal: Enabling digital transactions in retail shops across Nepal